धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ सिसा पोष्ट, वडा नं ९ त्रिवेणीघाट, भजनी नगरपालिका-९ झोलुङ्गे पुल नजिक र कैलारी गाउँपालिका-५ पबेरा र गोबरेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२ लाख ६४ हजार ९ सय बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका पेय पदार्थ, बिडी, सुर्ती, मसला, हेण्ड पम्प, वाल वासर, वासर, लसुन, माछा, एक थान मोटरसाइकल लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













