धनगढी । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १५ वटा मोटरसाइकल बरामद गरेको छ ।
बिहीबार जिल्लाको भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका चोरी गरिएका तथा बेवारिसे अवस्थाका १५ वटा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय भजनी र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिगएको प्रहरी टोलीले उक्त मोटरसाइकलहरु बरामद गरेको हो ।
बरामद गरिएका मोटरसाइकलहरु आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।



















