धनगढी । बझाङमा एक घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छ्न ।
जिल्लाको जयपृथ्वी नगरपालिका-४ भिडमुनी बस्ने ४५ वर्षीय बिष्णुबहादुर खड्काको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













