धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.३३ हजार ५०० बराबरको मिठाई, धोती, पानीपुरी, प्लाष्टिक झिल्लीलगायतका सामानहरु शुक्रबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ।













