धनगढी । डडेल्धुरा र कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका-९ कुयापानी र वडा नं १२ जोगबुढाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.५१ हजार ८९० बराबरको बिडी, छाता, पास्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.३० हजार २०० बराबरको किराना लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













