कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (संशोधन सहित) को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई उक्त जिम्मेवारीमा मनोनयन गरेका हुन ।
प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजिनामा दिएसँगै खड्कालाई नियुक्ति गरिएको जनाइएको छ ।



















