• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

डमरू हुर्काउन बसन्ता जैविकमार्गमा आयो बाघ

  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

धनगढी । हरेक बर्ष जस्तै डमरु हुर्काउन कैलाली जिल्लाको बसन्ता जैविक मार्ग हुँदै कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

डमरुसहितको पोथी बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो। वन क्षेत्रको आसपास विद्यालयसमेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको कैलारी गाउँपालिकाका बसन्ती चौधरीले बताइन ।

कैलारी गाउँपालिका–४ स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नं ६ को भगतपुरस्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुरहा नदी वारिपारि एकै क्षेत्रमा, घना र बाक्ला वनको रुपमा अवस्थित छन्।

हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिताकुमारी चौधरीका अनुसार बाघले दुईवटा गोरु र एउटा बँदेल मारिसकेको छ। उनले भगतपुरका स्थानीयले बाघलाई डमरुसहित नदी वारपार गरिरहेको अवस्थामा देखेको जानकारी दिइन ।

यसैगरी, वनमा हराएको गाई खोज्न गएका के गाउँका चन्द्रकला नेपाल बाघसँग केही मिटरको दूरीमा जम्काभेट भएको थियो।

“वनभित्र रहेको बाँसको झाडी नजिक बाघ देखेपछि म डरले चिच्याउन थालेँ,” प्रत्यक्षदर्शी चन्द्रकलाले भनिन “तर छोरो भने मोबाइलबाट फोटो खिच्न थाल्यो।” बाघसँग जम्काभेट भएपछि आफूहरू त्रसित भए पनि केही तस्बिर खिचेर घर फर्किएको बताइन ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्ज नजिक पर्ने उक्त क्षेत्रमा विगतमा पनि पाटेबाघ ओहोरदोहोर गर्ने गरेको अभिलेख छ। दुधुवामा बाघको सङ्ख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु जोगाउन तथा हुर्काउन बसन्ता जैविक मार्ग कोरिडोर हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको स्थानीयको भनाइ छ। हरियाली महिला सामुदायिक वनलगायतका क्षेत्रमा मोहना र घुरहा नदी किनार हुँदै बाघ दुधुवाबाट आउने गरेको जनाइएको छ।

सामुदायिक वन क्षेत्र वरिपरि विद्यालयसमेत रहेकाले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न स्थानीयले डिभिजन वन कार्यालयसँग माग गरेका छन्।

सब डिभिजन वन कार्यालय बसन्ताका प्रमुख वरिष्ठ वन अधिकृत मनोज ढकालले स्थानीयलाई सामुदायिक वनमा नजान,जङ्गलमा अहिले घाँस दाउरा नगर्न , डढेलो नलगाउन आग्रह गर्दै समुदायमा जनचेतना फैलाउने काम गरिएको जानकारी दिए ।

बघिनी बाघले भाले बाघ बाट सुरक्षित रूपमा बचायर डमरु हुर्काउन सान्ता वातावरण , प्रसस्त खानेकुरा पाउने भएकाले बाघ बसन्ता जैविक मार्ग आउने गरेको छ ।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले कैलारीका सामुदायिक वन क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताए । यद्यपि, बाघ आएको पुष्टि भएमा आवश्यक सतर्कता अपनाउन उनले स्थानीयलाई आग्रह गरे ।

स्थानीयका अनुसार बाघ हुलाकी राजमार्गअन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन क्षेत्र र नदी किनारमा ओहोरदोहोर गरिरहेको छ। त्यस क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन स्थानीयले अनुरोध गरेका छन्।

यसैबीच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघलाई पछ्याउँदै भाले बाघ पनि उक्त क्षेत्रमा आएको दाबी गरे । उनकाअनुसार भाले बाघ आएपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.