धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको गौरीगंगा नगरपालिका-४ राजिपुरस्थित भित्रि सडक खण्डमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवराज पाण्डेय सडकको बायाँ तर्फ किनारमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सो घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













