धनगढी । हाम्रो सेती साप्ताहिकका प्रकाशक/सम्पादक तथा सामाजिक अभियन्ता वीरेन्द्र रावलद्वारा प्रकाशित २०८३ सालको भित्तेपात्रो वितरण गरिएको छ ।
सम्पादक रावलले आज मोहन्याल गाउँपालिका-३ स्थित शान्ति माध्यमिक विद्यालयका २५० जना छात्रछात्रालाई भित्तेपात्रो वितरण गरेका हुन ।
विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्रमा समय व्यवस्थापन तथा अध्ययनमा प्रेरणा मिलोस् भन्ने उद्देश्यले भित्तेपात्रो वितरण गरिएको सम्पादक रावलले जानकारी दिए।
त्यसैगरी, फलेबिसौना गाउँका स्थानीय बासिन्दालाई समेत २०८३ सालको भित्तेपात्रो वितरण गरिएको थियो।
यस्ता सामाजिक तथा शैक्षिक गतिविधिले विद्यार्थी र समुदायलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।




















