धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ गल्ली नम्बर ५ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु २३ हजार ५०० बराबरको मल, बिषादी, बीउविजन लगायतका सामानहरु मंगलबार नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सामान वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













