धनगढी । कैलालीबाट पेस्तोल तथा घरेलु हतियारसहित एक भारतीय युवक पक्राउ परेका छन् । भारतको लखिमपुर खिरी घर भई हाल धनगढी उपमहानगरपालिका–५ सत्कार चोक स्थित कोठा गरि बस्ने २४ वर्षीय साहिल खान पक्राउ परेका हुन् ।
खानलाई एक थान कटुवा पेस्तुल,एक थान खुकुरी, एक थान फलामको रड,एक थान रेन्च,एक थान डिजिटल काटा,दुई थान चाँदीको जस्तो देखिने माला, एक थान फलामको टी र दुई थान टर्चलाईटसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले शंका लागि निजको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार र सामान फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















