धनगढी । कैलालीमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-६ बडेहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले निज रानाको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













