काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पुरानै अडान दोहोर्याएका छन् ।
सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताए ।
‘हामी सदन चलाउन तयार छौँ । तर हाम्रो माग एउटै छ, ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’













