धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले गुप्तालाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी ती किशोरलाई पक्राउ गरेको जनाएको छ ।













