धनगढी । कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनगढी उपहानगरपालिका–१८ बस्ने ३२ वर्षीय रमेश खड्का रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट डाका चोरी मुद्धामा ६ बर्ष कैद र रु ३३ हजार ७५० जरिवाना तोकी फरार रहेका खड्कालाई निजकै घर ठेगानाबाट शुक्रबार पक्राउ गरेको उनले जानकारी दिए ।
खड्कालाई पक्राउ गरी कैलाली जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।













