धनगढी- सत्ता गठबन्धन दलका नेताहरु भोली (आईतबार) कैलालीको धनगढी आउने भएका छन ।गठबन्धन दलद्धारा आयोजना हुन लागेको बृहत चुनावी सभालाई सम्बोधन गर्न भोली धनगढी आउन लागेका हुन ।
धनगढीको ओम प्यालेसमा आयोजना हुन लागेको सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउने नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।















