• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो

  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित

बैतडी- रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ ।

लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ । सानो बारी र घरको आँगनसमेत नगरपालिकाको डोजरले सडक खन्दा मासियो । चट्याङले श्रीमतीको मानसिक अवस्था ठीक छैन ।

चाडबाडको बेला घरमा चामल नभएपछि लौरो बनाएर बिक्री गर्न बैतडी सदरमुकाम पुग्नुभएका दशरथचन्द नगरपालिका–२, देहिमाडौंका दलित कृष्ण लावडले लौरो बिक्री भए चामल किनेर घर फर्किने योजना सुनाउनुभयो । घँगारु र रुईसको लौरो बलियो हुने भएकाले पाँच सयदेखि आठसय रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

बनजङ्गलबाट घँगारु र रुईस सङ्कलन गरेर लौरो बनाएर छाक टार्दै आउनु भएका कृष्ण लावडले गरिबलाई हेर्ने कुनै नेता नभएको बताउनुभयो । लौरो बनाउने काठ खोज्न जाँदा पनि सामुदायिक वनका पदाधिकारीले दुःख दिने गरेको उहाँले बताउनुभयो ।

पीडा सुनाउँदै उहाँले भन्नुभयो,“ २०७३ सालमा घरमा चट्याङ प¥यो । चट्याङ लागेपछि उपचारकै क्रममा श्रीमतीको मानसिक अवस्था बिग्रियो । गाउँमा रोजगारी नहुँदा भारत गएको छोरा बेपत्ता छ । नाति नातिना छाडेर बुहारी अन्यत्र विवाह गर्न गई । २०७४ सालमा सडक खन्न आएको दशरथचन्द नगरपालिकाको डोजरले भएको घरको आँगनसमेत लगेपछि उठिबास भएको छ ।”

स्थानीय सरकारको डोजरबाट थप पीडित भएको बताउनुहुने कृष्ण लावडले दैवले बज्रपात बर्साउँदा स्थानीय सरकारको डोजरले घरको आँगनसमेत सडकमा मिलाइदिएको पीडा सुनाउनुभयो ।

“जनता आवासका लागि पटक पटक भवन डिभिजन कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म बस्ने घर मिलेन” लवडले भन्नुभयो, “ त्रिपाल ओढेर हिँउद र बर्खा बित्ने गरेको छ । यो पटक पनि नेताहरु भोट माग्न गाउँमा आएका छन् । यसपालि त कसैलाई पनि भोट हाल्दिनँ ।” बैतडीको प्रसिद्ध घँगारुको लौरो बनाउने राम्रो सीप भए पनि सरकारी तथा गैर सरकारी संस्था कसैले कुनै सहयोग नगरेको उहाँले बताउनुभयो ।

घरेलु विकास समिति र स्थानीय सरकारले लौरो बनाउन मेसिन औजार सहयोग गरे सेना र प्रहरीले प्रयोग गर्ने छडी बनाउने धाको रहेको कृष्ण लावडले बताउनुभयो । दलितका नाममा खुलेका संस्थासँग औजार मेसिनको माग गरे पनि सहयोग नगरेको उहाँले बताउनुभयो । गोरखापत्र

  • चाडबाड.
  • बुढेसकाल
  • लौरो
शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.