• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. सांसद पाठकले लगाए जेई खाेप

बाध्यता र प्रेमबीच अल्झिएको दिले

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित

मेरी माया झुम्की,

यो असार महिना । मानो रोपी मुरी फलाउने समय । दिनहुँ झरी परिरहेको छ । वर्षायाम सुरु भइसक्यो । यति बेला खेतबारीमा कामको चटारो हुन्छ होला ।

झुम्की, यो वर्षे झरीले मलाई हरेक पल त्यहीँ पुर्याउँछ—जहाँ तिमी र म हिलाम्मे खोलीखेत खनी रहेका हुन्थ्यौं । भीरु दाइ र बा तारे–माले जोत्दै आली लगाउँथे । खेतका गरा भरिएको पानीमा काफी हिलो खेल्थी ।

सुली दी, भाउजू लगायतका संगिनीहरूले असारे गीत गाउँदै छुपुछुपु धान रोप्थिन् । आमाले आलु–मटरको तरकारी र सिलमको अचारसँग रोटी खुवाउनुहुन्थ्यो ।

मेरी माया, तर आज हामी समयको खेलमा कहाँ पुग्यौं ? काफी लगायतका कर्मघर गए । आमा सदाका लागि यो धर्तीबाट बिदा भइन् । म सहर पसें । सुली दी धन कमाउन विदेश गइन् । बा बुढा भए । भीरु दाइ लाहुर गए ।

के गर्नु, झुम्की ? यति बेला मेरो सुन्दर जीवन चोटिएजस्तो आभास भएको छ ।

त्यो हाम्रो घरआँगन, त्यो खोलीखेत—सबै सुनसान र उदासीन छ होला । कठै, मेरी माया, तिमी पनि त्यही एउटै सरो लुगा लगाएर तारे–मालेको गोठालो गर्दै, दिलेको बाटो हेर्दै बसेकी हौली । भीरु दाइ र बाले जोत्ने तारे–माले मात्र तिम्रा साथी होलान् ।

माले र तारे पनि अब बुढा भए होलान् नि ? जोत्ने मान्छे नपाएर उता खोलीखेत बाँझै छ होला । घरको छानो चुहिन्छ होला ।

बाध्यता र विवशताले मलाई यो सहरले अल्झाइरहेको छ ।

यो वर्षायाममा आएर छानो मर्मत गरौंला भन्ने सोचेको थिएँ । तर हेर, मेरी माया, मनले सोचेको नपुग्ने रहेछ । यो साल यस्तै भयो । यो वर्षातमा छानोमा त्रिपाल हालेर ओत लाग्ने बनाउनु। अर्को साल छानो फेरौंला, है ।

अँ, झुम्की, तिमी र म तोते बोली बोल्न थाल्दादेखि नै सँगै खेल्ने खोलीखेत छेउको वरपीपल पनि एक्लै ठिङ्ग उभिएको छ होला ।

कठै, आज त्यो वरपीपल पनि एक्लो भयो । उसको शीतल छहारी कसैको काममा छैन। के गर्नु ? मेरो सम्झनाले मात्र तिम्रो र त्यो प्राणवायु दिने वरपीपलको खोजीको न्यानो भरोसा र आशा पुग्ने वाला छैन ।

जसरी छिनछिनमा मौसम बदलिन्छ, त्यसैगरी हाम्रो नियतिमा पनि ठूलो बदलाव आएको छ । जीवन घाम–पानीजस्तै भएको छ—कहिले घाम, कहिले पानी ।

हो, आजकाल हाम्रो जीवन घामपानीको चक्रजस्तै बनेको छ, है झुम्की ?

कहिलेकाहीं तिमी मनमा अनेक शंका–उपशंका लिएर रिसाउँछ्यौ, र मन दुख्छ । तर तिमीले शंका लिनु जायज पनि होला ।

दिलले हरेक पटक ‘आउँछु’ भन्छु, तर अन्त्यमा ‘यस पटक आउन नपाउने भएँ, अर्को पटक अवश्य आउँछु रानी’ भनेर चिप्ला कुरा गरी पार लगाउँछु—मीठो बोलेर बहाना बनाउँछु ।

तिमीले ‘सहरमै त भुलेनौं ?’ भनेर शंका गर्नु पनि स्वाभाविक हो ।

तर मेरी माया, यो बहाना होइन, बाध्यता हो । हाम्रो गरिबी हो । तिमीलाई थाहै छ, म यो सहरमा साँझ–बिहानको छाक टार्न र घरपरिवारलाई एउटै लुगाफाटोको जोहो गर्न रातदिन, घामपानी नभनी खटिरहेको छु ।

मेरी माया, मलाई थाहा छ—समाजमा हाम्रो मायाप्रेमबारे अनेक हल्ला चल्छन् । उनीहरूको नजरमा हाम्रो माया आँखाको कसिंगरजस्तै बनेको छ । तर म हरेक दिन, हरेक पल तिमीलाई नै सम्झिरहन्छु । कामबाट थकित फर्केर बिछौनामा पल्टिन्छु, तिम्रो तस्बिरसँग एकोहोरो संवाद गर्छु, र सारा दुःख भुलेर मन हलुका बनाउँछु । सायद तिमी पनि यस्तै गर्छ्यौ, है ?

झुम्की, तिमी ढुक्क हुनु । जस्तोसुकै बाधा–अवरोध आए पनि मलाई तिमीलाई सम्झिरहन, माया गरिरहन कसैले छेक्न सक्दैन । यो मेरो दृढ प्रतिबद्धता हो, रानी ।

मलाई विश्वास छ—तिमी पनि हरेक पल दिलेको यादविना रहन सक्दिनौ । दुनियाँको नजरमा कसिंगर बनेको हाम्रो मायाप्रेम, भौगोलिक दूरीले पनि सधैँ सगरमाथाझैँ अग्लो र अटल छ । अझै रहनेछ । यो सपना होइन, वास्तविकता हो, मेरी माया ।

अब म फर्किएर गाउँ नआउन्जेल आफ्नो आवाज र पत्रले हाम्रो मनको दूरी मेटिरहनेछौं । बाँकी अर्को पत्रमा शुभ पल, मेरी हजुर ।

उही दिले
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली ।

  • झुमकी
सोमबार, असार १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.