कञ्चनपुर- कञ्चनपुरमा १९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा दानीसहित १९ जना पक्राउ परेका हुन् ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ११२ रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ।















