धनगढी- लायन्स क्लव अफ धनगढी इनोभोटिभ र लायन्स क्लव अफ धनगढी खप्तडको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिकाका नगर सफाइकर्मीहरुलाई सम्मान गरेको छ ।
धनगढी उपमानगरपालिकामा आइतबार एक कार्यक्रमको आयोजनजा गर्दैै शुभ दिपावली तथा छठ पर्वको अवसरमा लायन्स क्लवहरुद्वारा नगर सफाईकर्मीहरुलाई सम्मान तथा कोसेली वितरण गरेको हो ।
लायन्स क्लवहरुद्वारा नगर सफाईकर्मीहरुलाई कपडा र मिठाइ गरेर ४२ जना सफाइकर्मीहरुलाई ४२ हजार बराबरको सामान र प्रसंसापत्र वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै धनगढी उपमहानगरपलिकाका नगर प्रमुख गोपाल हामालले लायन्स क्लवले सराहनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि क्लवहरुसँग सहकार्य समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा डिस्टीक ३२५ का गर्भनर सिवी चन्द, लायन्स क्लव अफ धनगढी इनोभोटिभका अध्यक्ष राकेश गुप्ता, लायन्स क्लव अफ धनगढी खप्तड दिर्घ जोशी र क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।













