धनगढी- नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउबाले नेपाली कांग्रेसका महासमिति सदस्य,सामाजिक बिकास राज्यमन्त्री टेकबहादुर रैकालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९,केन्द्रीय प्रचार प्रसार समितिको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
सभापति देउबाले नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित)बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एंव प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिमा नेता रैका केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।













