कैलाली । कैलालीको भजनी नगरपालिका–४ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुधबार राति सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा भजनी नगरपालिका–१ मधुवन शिविरका ३० वर्षीय मोटरसाइकल चालक मुकेश चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन्।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















