धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालनमा रहेका एम्बुलेन्सहरूलाई सञ्चालन अनुमति लिन आवश्यक कागजातसहित आवेदन पेश गर्न आग्रह गरेको छ।
सामाजिक विकास मन्त्रालय, कैलालीले सार्वजनिक गरेको सूचनामा प्रदेश एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ को दफा १२ बमोजिम एम्बुलेन्स सेवा सञ्चालन अनुमतिका लागि सोही निर्देशिकाको दफा ९ मा तोकिएका मापदण्ड पूरा गरी आवश्यक कागजातसहित निवेदन पेश गर्न भनिएको छ।
प्रदेशभित्र सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स सेवा सञ्चालकहरूले आफूले सेवा सञ्चालन गरिरहेको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा २०८३/०६/०२ गतेभित्र कार्यालय समयमै निवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
तोकिएको समयभित्र निवेदन पेश नगरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
सूचना प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त प्रदेश सचिव डा. निरज अर्यालले जारी गरेका हुन्।
सुदूरपश्चिममा एम्बुलेन्स सञ्चालन अनुमतिका लागि आवेदन आह्वान
सुदूरपश्चिममा एम्बुलेन्स सञ्चालन अनुमतिका लागि आवेदन आह्वान
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















