धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका– ८, गप्कामा गाडीको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बिहीबार बिहान बाटो काट्ने क्रममा विद्युतीय हाइसले ठक्कर दिँदा स्थानीय स्वस्तिका न्यौपानेको मृत्यु भएको हो ।
हाइसको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सु.प.प्र. ०१–००१ ख ४०८५ नम्बरको विद्युतीय हाइसले न्यौपानेलाई ठक्कर दिएको थियो । घटनापछि हाइसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले कारवाही र क्षतिपुर्तीको माग सहित राजमार्ग समेत अबरुद्ध गरेका छन ।














