धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिका-२ भट्टार क्षेत्रमा आज दिउँसो पहिरो गएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेको जनाएको छ ।
नदी थुनिएर एक्कासी फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।














