धनगढी- कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–११ कोलमुडामा रहेको मछेली नदीमा पौडी खेल्ने क्रममा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ बर्षिय आर्यन लामाको मृत्यु भएको हो ।
धनगढीबाट शुक्रवार पिकनिक खान गएका किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय र्कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।













