काठमाडौं– नेपालेर कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिज्ञा गरेको छ। घोषणा पत्रमा प्रतिज्ञा भनेर पाँच वर्षमा गर्ने र नगर्ने कामलाई स्पष्ट रुपमा राखिएको छ।
गत पाँच वर्षमा स्थिरताको अपेक्षा गरिएकोमा त्यसो नभएको भन्दै आगामी पाँच वर्ष स्थिरता कायम राख्ने प्रतिज्ञा गरिएको छ। ‘सरकार बन्ने विकल्प रहेसम्म संसद विघटन गर्दैनौं’ घोषणापत्रमा उल्लेख छ ।
अव्यवस्थालाई सुव्यवस्थामा बदल्न संरचनागत र कानुनी रुपमा परिवर्तन गरिने पनि बताइएको छ। स्थानीय तहको निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र २०७४ सालकै केही विषयलाई ‘निरन्तरतामा नवीनता’ भन्दै प्रस्तुत गरिएको छ।













