• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

दुई वर्षअघि भत्काइएका छाउगोठ फेरि ठडिए, धामी–झाँक्रीको डर

  •   शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित

शेरबहादुर सार्की
बाजुरा–बाजुरामा दुई वर्षमघि भत्काइएका छाउगोठ फेरि निर्माण हुन थालेका छन् । पछिल्लो समय फेरि छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पुनःनिर्माण हुन थालेका हुन् । स्थानीय जनप्रतिनिधि प्रहरीलगायतको सहकार्यमा बाजुरामा २०७६/७७ साल माघमा झण्डै पाँच सय भन्दा बढी छाउगोठ भत्काएका थिए ।

छाउगोठ भत्काउने अभियान सेलाउँदै गएपछि धामीझाँक्रीको डरमा गाउँमा फेरि धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीय बताउँछन् । कानुन भन्दा पनि गाउँका बासिन्दा धामी झाँक्रीहरुलाई विश्वास मान्ने हुँदा पुनः धमाधम गोठ निर्माण हुन थालेको बूढीगङ्गा नगरपालिका –१० का कविता विकल बताउनुभयो । ‘केही वर्ष पहिला गाउँमा छाउगोठ भत्किाउने अभियानले घरकै कोठामा बस्ने गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘अहिले अभियान सुस्त बनेपछि छाउप्रथा पनि ब्यूँतिदै गयो । महिनावारी भएको समय महिलाहरु पनि धमाधम छाउगोठमा बस्न बाध्य भएका छन् ।’
जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा प्रहरी प्रशासन तथा स्थानीय निकायले सुरु गरेको छाउगोठ भत्काउने अभियानबाट यहाँका धेरै महिला महिनावारी भएको बेलामा घरमै बस्दै आएका थिए । पछिल्लो समय त्यो अभियान निकै सुस्त भएर सबै महिला ५ देखि ६ दिनसम्म छाउगोठमा बस्न थालेका छन् ।

अभियानले घर नजिकै बस्न सहज बनाएका ती महिलालाई गाउँका धामिझाँक्रीले घरमा छुइ गरेको भन्दै रिसाउन थालेपछि महिलाहरु महिनावारी भएको समयमा छाउगोठमा बस्न बाध्य भएको विकले बताउनुभयो । बाजुरामा फेरि यो छाउप्रथा कायम हुँदा अहिले महिलाहरुले महिनावारी भएको बेलामा हिउँदको चिसो र वर्खाको हिलोमा बस्नु पर्ने बाध्यता छ ।

यो बाध्यता बूढीगङ्गा नगरपालिका –१० की विकको मात्र होइन बाजुराका अन्य स्वामिकार्तिक, जगनाथ, बूढीनन्दा, त्रिवेणी बडिमालिका, बूढीगङ्गा, खप्तड छेडेदह गाउँपालिका महिला दिदिबहिनीहरुको व्यथा पनि उस्तै हो । यहाँका अधिकाशं महिला महिनावारी भएको बेला छाउगोठमा बस्दा अकालै ज्यान गुमाउँदै आएका छन् भने कयौँ महिलाहरु निमोनिया, दम, हात खुट्टा दुख्नेलगायत रोगको सिकार हुँदै आएका छन् ।

बूढीगङ्गा नगरपालिका –१० की पुजा रावतले महिनावारी भएको बेला चिसो ठाउँमा सुत्नाले आफू दमको बिरामी भएको बताउनुभयो । ‘महिनावारी अनियमित भएर म कहिलेकाँही महिनाको दुइ÷पटक महिनावारी हुन्छु, चिसोको समयमा दश÷दश दिनमा गोठमा सुत्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘चिसोको कारण दम, हात खुट्खा सुजन हुने जस्तो रोग सुरु भएको छ ।’

यसअघि गाउँमा अभियान सुरु भएको बेलामा घरको कोठामा सुत्दा केही आराम भएको बताउँदै उहाँले भन्नुभयो, ‘फेरि गाउँमा देवता रिसायो भनेर छाउगोठमा सुत्न थाले, अनी यो रोगले पनि विस्तारै ठुलो रुप लिइरहेको छ ।’ कानुन भन्दा धामीझाँक्री नै बलिया भएपछि अहिले उनीहरुकै रोहवरमा छाउगोठमा बस्नु बाध्यता भएको उहाँको भनाई छ ।

स्थानीय सरकारले छाउप्रथाको अन्त्य गर्नका लागि बाजुरामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएपनि धाँमीझाँक्रीका कारण अहिलेसम्म प्रथा भने कायममै छ । त्यो प्रथाका कारण अहिलेसम्म यहाँका कयौँ महिला महिनावारी भएको बेलामा छाउगोठमा बस्न बाध्य भएका छन् ।
देवता रिसायो भन्दै महिलालाई छामीझाँक्रीले दबाद दिँदै गरेकोले यो प्रथा न्युनीकरण हुन नसकेको सामाजिक अभियन्ता मनिसा रावतले बताउनुभयो ।

‘महिलाहरुको केही दोष छैन् । उहाँहरु महिनावारी भएको बेलामा पनि घरमा नै बस्न हुुन्छु,’ उहाँले भन्नुभयो, ‘गाउँमा धामीझाँक्रीले रिसाउँन थालेपछि उनीहरु त्यो डरका कारण मात्र महिनावारी भएको बेलामा बाहिर बस्न थालेका हुन् ।’

जिल्लाको बूढीगङ्गा नगरपालिकाका कुँडी, डुँग्री, अम्कोट , बह्रमतोला, नडाग, खेतकोट, बजेडी, मुस्तोला,बसाली ताँप्रा, निमोनी, बोरावाडा, नुवाँघर, कोटवाडा, देनसायल, थुमा, बानेगाउँ सायल, झाली, खारेखेत, सिमलकोट, बायल, देउलीसैन, सेरालवाडा,बासुरेर किम्नी ,डुग्रीतोला, नुवाकोट, सिगाडा, झण्डारगाउँ, देउमाण्डौ, बदेडा तीमाडा, सेलापाखा र जुवापानी लगायतका गाउँमा अन्य ठाउँको भन्दा बढी छाउप्रथा कायम छ ।

यो गाउँका अधिकाशं महिला पहिलेदेखि नै छाउँगोठमा नै बस्दै आएका छन् । कतिपय छाउँगोठमै बालात्कारको सिकार भएका छन् भने कोहीको विभिन्न कारणले ज्यान गएको छ । यहाँका महिलाहरुले महिनावारी भएका बेलामा दुध, दही ,महि जस्ता पोषिला खानेकुरा पनि खान पाउँदैनन् ।
यो प्रथा गलत हो भनेर थाहा पाएका पढेलेखेकै महिलाहरु पनि गोठमा बस्न बाध्य छन् । २०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो । यो घटना भएसँगै गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो ।

त्यो अभियान सुरु भएपछि बाजुराका अधिकाशं महिला महिनावारी भएका बेला आआफ्नै घरको कोठामा सुत्ने गरेका थिए । जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी, जनप्रतीनीधि र स्थानीयले छाउगोठ तथ्याङ्क सङ्कलन सुरु गर्यो ।

२०७५/७६ सालमा १६८ र २०७६/०७७ मा ३४३ गरी बाजुराका नौ वटै स्थानीय तहमा झण्डै ५११ वटा छाउँगोठ भेटिएका थिए । जिल्ला प्रशासनको आग्रहमा गाउँमा भेटिएका ती छाउगोठलाई जनप्रतिनिधि र स्थानीयको समन्वयमा सबै भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

छाउगोठ निर्माण भएका ठाउँमा पुगेर छाउप्रथा सम्बन्धित विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाले बताउनुभयो ।

  • छाउगोठ
शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.