धनगढी- नेपाली काँग्रेस कैलालीले निर्वाचन प्रचार–प्रसार मुल परिचालन समिति विस्तार गरेको छ । पार्टीका जिल्ला उपसभापति भिम वडुवालको संयोजकत्वमा रहेको समितिलाई शनिबार बसेको बैठकले विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका सह–सचिव, विभिन्न उपसमितिका संयोजक, जिल्ला सदस्य, प्रदेश क्षेत्र सभापति, पालिका सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिध, विज्ञ सदस्य, पूर्व नगर सभापतिलगायतलाई मनोनयन गर्दै एक सय १० सदस्यीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
जिल्ला सचिव केशवराज जोशीका अनुसार निर्वाचन मुल परिचालन समिति एक सय ५१ सदस्यीय रहने छ । उनले संयोजकले आवश्यकता अनुसार सो समितिमा अन्य व्यक्तिहरुलाई मनोनयन गर्दै लैजाने निर्णय गरिएको जानकारी दिए ।

















