काठमाडौँ- अभिनेता दीपकराज गिरीले आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ६० वर्ष कटेको उम्मेदवारलाई मत नहाल्ने धारणा राखेका हुन् ।
उनले सबै फूल गुलाफ नहुने भन्दै सबै स्वतन्त्र उम्मेदवार बालेन नहुने तर्क समेत अगाडि सारेका छन् । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् ,
‘सबै फूल गुलाफ हुँदैनन्
सबै स्वतन्त्र बालेन हुँदैनन्
आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन ’













