धनगढी- कञ्चनपुरमा धान थ्रेसरमा परेर एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-४ असैना टोलकी अन्दाजी ४७ वर्षिया सिमाना रानाको धान थ्रेसरमा परेर आइतबार मृत्यु भएको प्रहरीले बताएको छ ।
आफ्नै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।













