काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लगाएकी किशोरीले आफूले सन्दिपलाई दुईवटा कोठा बुक गर्न अनुरोध गरेको बताएकी छन् ।
सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले सन्दीपले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा आफूले दुईवटा कोठा बुक गर्न भनेको बताएकी हुन् ।
नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौं फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनूमति नहुने भएकोले सन्दिपले होटलमा कोठा बुक गर्ने कुरा गरेको उनको भनाइ छ ।
उनले आफूल्े भिडियो बनाउन खोज्दा सन्दीपले मोबाइलसमेत खोसेको बताएकी छन् । “मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए, उनले भनेकी छन् ।













