हुम्लामा एकजना सुत्केरी मृत्यु भएको छ। समयमै उपचार नपाएका कारण मंगलबार बिहान एक सुत्केरीको मृत्यु भएको हो।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ काँखे गाउँका रङ्गिता शाही छिन्। घरमै सुत्केरी गराउँदा उनको मृत्यु भएको अदानचुली गाउँपालिका–५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए।
सोमबार बिहानै व्यथा लागेर शिशु जन्माएकी थिइन्। लामो समय साल नझरेर रगत गइरहँदा उपचार अभावमा उनको मृत्यु भएको हो।
शिशुको अवस्था सामान्य रहेको वडाध्यक्ष छत्यालले बताएका छन्।













