धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले मङ्गलबार धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका केही वडामा भेटघाट गरेका छन् ।
ओझाले मंगलबार घनगढी र कैलारी गाउँपालिका भित्रका ४ वडाका महत्वपूर्ण व्यक्तिहरुलाई भेटघाट गरेका हुन् । उनले धनगढीका वडा नम्बर १ र वडा नम्बर १८ का महत्वपूर्ण व्यक्तिलाई भेटघाट गरे ।
यस्तै कैलारीका वडा नम्बर ६ र वडा नम्बर ९ का महत्वपूर्ण व्यक्तीहरु र गाँउका भलमन्साहरुसँग भेटघाट गरे । भेटघाटका क्रममा ओझाले उनीहरुका समस्या बुझ्नुका साथै आफ्ना प्रतिबद्धता जनतालाई सुनाए ।













