धनगढी – लोकतान्त्रिक बाम गठबन्धन कैलाली क्षेत्र नम्बर- १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार डा. रणबहादुर रावलले प्रचार–प्रसार अभियानलाई तीब्रता दिएका छन् । अहिले घरदैलो गर्दै उनले टीकापुरको आफ्नो क्षेत्रमा मतदातालाई भेटेर मत माग्ने कार्यलाई तीब्रता दिएका हुन् ।
घरदैलोका क्रममा आफूलाई भोट दिएर जिताउन आग्रह गर्दै उनी बृद्धवृद्धाबाट आशिर्वादसमेत मागिरहेका छन् ।
दोस्रोपटक आफूलाई जिताउन आग्रह गर्दै रावलले बृद्धबृद्धालाई ढोग दिएर आशिर्वाद मागिरहेका हुन् ।
मनोनयन दर्तापछि मतदाताको घरदैलोमा पुगिरहेका रावलले मंगलबार वडा नम्बर -१ क्षेत्रमा घरदैलो गरे ।
घरदैलोका क्रममा आफ्नो उम्मेदवारीलाई लिएर सबै उत्साहित भएको आफूले पाएको उनले बताए ।
सबैको शुभेक्षा र आशिर्वाद आफूलाई रहेको दाबी गर्दै उनले भने, ‘सधैँ जनताको साथमा छु, भोलि पनि रहनेछु । टीकापुर बासीले बुझेका छन् ।’













