धनगढी- धनगढीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रीनगर व्यारेल नजिकबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय कृष्ण सुनार र उनीसँगै रहेका २२ वर्षीय पुष्कर सुनार पक्राउ परेका हुन्।
उनीहरुको साथबाट करिब ५५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।













