बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए।
बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्। त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्छ। यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्।













