धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउने भएका छन्। चुनावी देश दौडाहको सुरुवात गर्न ओली धनगढी आउने भएका हुन्। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।
उनका अनुसार ओली आज साँझ धनगढी पुग्ने छन्। ओलीले आज र भोलि धनगढीमा यहाँका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको भण्डारीले बताए।













