विराटनगर – ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर- १२ का ३८ वर्षीय सजन कामत रहेका छन् । उनले घरमा कोही नभएको मौका छोपी बालिकालाई भाइटीकाको भोलिपल्ट कात्तिक ११ गते दिउँसो बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।
पीडित बालिकाको बाबु ज्याला मजदुरी गर्न गएको र आमा पनि घरमा नभएको मौका छोपी बालिकालाई बलात्कार गरेको आरोपमा कामत पक्राउ परेका हुन् ।
पीडित बालिकाका बाबुले मोरङ प्रहरीमा १४ कात्तिकमा कामतविरूद्ध ‘जबर्जस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बुधबार कामतलाई मोरङ अदालतमा जबर्जस्तीकरणी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।













