बाजुरा- बाजुरामा ३४ जनाले हातहतियार बुझाएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो। सोही अनुसार जिल्लाभरिमा ३४ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
निर्धारित समयमा हातहतियार नबुझाउनेहरुसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालयले बताएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो।













