धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा उनी धनगढी पुगेका हुन्।
आज उनी रुबस होटलमा बस्ने र भोलि बिहान ११ बजे धनगढीबाट हेलिकोप्टमा दार्चुला जाने बताइएको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आएका हुन्।
एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दैछ। एमाले सरकारका पालामा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरिन लागिएको र अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रुपमा उठाउने पनि जनाइएको छ।













