धनगढी – दार्चुलाबाट दुई किलो चरेससहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध चरेस बोकेर ल्याएको भन्ने विषेश सूचनाका आधारमा विहीबार दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय दान सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए ।
पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझैँ चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेश छ भन्ने नखुलेको शाहीले जानकारी दिए ।
गाडी चालकलाई पनि प्रहरी नियन्त्रणमा रहेका छन्।













