धनगढी- बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो।
भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्याएको र बिहीबार मृत्यु भएको बताइएको छ ।















