धनगढी- लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ ‘क’ का प्रदेशसभा सदस्यका उम्मेदवार रमेश सिंह धामी अहिले घरदैलो अभियानमा छन् । मत माग्नेक्रममा आफ्नो उम्मेदवारीप्रति जनतामा उत्साह थपिएको उनले बताएका छन् ।
‘मत माग्न घरदैलो जानेक्रममा जनताको उल्लासपुर्ण साथ पाएको छु,’ उनले भने, ‘जनताको आशिर्वाद पाएमा जनताकै लागि काम गर्ने अवसर मिल्नेछ ।’ धामीले ज्येष्ठ नागरिकहरुलाई सुझाव माग्दै आर्शिवादसमेत थापिरहेका छन् भने युवा तथा सामाजिक अगुवाहरुकहाँ विकासका एजेण्डा प्रस्तुत गर्दै सुझाव मागिरहेका छन् ।
विकासमा निकै पछाडि परेको सो क्षेत्रमा देखिएका समस्या समाधाननै पहिलो प्राथमिकता रहने धामीले बताए । आफू युवा र काम गर्ने आँट भएकाले आफ्नो कार्यकालमा पूर्ण समय जनताका लागि खर्चिते धामीको भनाई छ ।













