धनगढी- लोकतान्त्रिक-बाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार डा. रणबहादुर रावलले टीकापुर नगरपालिका वडा नम्बर १ मा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
शनिवार एक कार्यक्रमकाबीच उम्मेदवार रावलले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेदवार रावलले आफनो पक्षमा मतदान गर्न मतदातालाई अग्रह गरे ।
निर्वाचन पछि गठबन्धनको सरकार बन्ने भन्दै उनले गठबन्धनलाई जिताउनुपर्ने बताए ।













