धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्ना पूराना मतदातासंग भेटघाट गरेका छन् । ओझाले आफू २०५६ सालमा तत्कालीन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दाका मतदाता शुभचन्द्र ठाकुरलगायतका मतदातालाई भेटेका हुन् । हाल उनीहरू धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्छन् ।
आइतबार घरदैलोका क्रममा ओझा ठाकुरको घर पुगेका हुन् । तत्कालिन क्षेत्र नम्बर ३ बाट आफूले जिताएका उम्मेदवारलाई आफनै घर आँगनमा भेट्न पाउँदा ठाकुर खुशी भए । त्यसक्रमा ओझाले ठाकुरलाई फेरि पनि आफनो पक्षमा मतदान गर्न आग्रह गरे ।













