धनगढी- कैलालीका उद्योग व्यवसायीले चर्को ब्याजदर फिर्ता नगरे आन्दोलितमा जाने बताएका छन् । नेपाल राष्ट्र बैङ्कको नीति र चर्को ब्याजदर वृद्धिका कारण उद्योगी व्यावसायिक मारमा परेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । उद्योग व्यवसायी मारमा परेको भन्दै आगामी दिनमा कसरी अगाडी बढ्ने सम्बन्धमा आज सरोकार उद्योगी व्यवसायी बिच छलफल भएको छ।
व्यवसायीहरूका समस्यालाई बैङ्क तथा वित्तीय संस्था वा राष्ट्र बैक समक्ष पु¥याउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको ब्यवसायीहरुको आरोप छ । बैङ्क तथा वित्तीय संस्थाले चर्को ब्याजदर वृद्धि गरेकोले व्यवसायी मारमा परेको र राष्ट्र बैकले पनि सो निर्देशन दिएको भन्दै चरणबद्ध आन्दोलनमा जाने कैलालीका उद्योगी व्यावसायिको भनाई छ। विगतमा पनि चर्को ब्याजदर विरुद्ध महासंघ मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
यस्तो अवस्थामा उद्योगी व्यवसायी कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा व्यवसायी बिच छलफल भएको र प्रधानमन्त्री पनि हाल २ दिन धनगढीमै रहेकाले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।
त्यसपछि बजारमा मौन जुलुस धर्ना दिने कार्यक्रम मंगलबार देखी चरणबद्ध रूपमा सुरु गरिने अध्यक्ष कुँवरले जानकारी दिए । बैङ्क तथा वित्तीय संस्थाले जारी गरेको चर्को ब्याजदर वृद्धि तुरुन्त फिर्ताको माग गर्नुपर्ने उनको भनाई छ ।















