काठमाडौं- भूकम्प प्रभावित डोटीमा राहत सामग्री पठाइएको गृह मन्त्रालयले बताएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति निकालेर भूकम्प प्रभावित क्षेत्रमा धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको उल्लेख गरेका छन्।
गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा डोटीको पूर्वीचौकीमा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।
भूकम्पबाट १० वटा घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ। भूकम्पमा परेर मृत्यु भएकाहरूको परिवारलाई र घर भत्केकाहरूलाई राहत दिने तयारी सरकारको छ। भूकम्पमा परेर घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले बिहानै निर्देशन दिएका थिए। साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले पनि उद्धार र राहतमा जुट्न आग्रह गरेका थिए।
यस्तो छ गृहको विज्ञप्ति:














