धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका– १ मा लागुपदार्थ खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । आज शुक्रबार साँझ ७ बजेतिर धनगढी– १, जोशी टाकिज नजिक डेरामा बस्ने वडा नम्बर ८ का २० वर्षीया एलिसा चौधरीको कोठामा ५ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार प्रहरीको विशेष टोलीले गोप्य सूचनाका आधारमा एलिसाको कोठा खानतलासी गर्दा खैरो हेरोइन बरामद गरेको थियो । प्रहरीले धनगढी– ३ का २६ वर्षीय विक्रम चौधरी र वडा ४ का ३८ वर्षीय किसन श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।













