बैतडी- बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर अन्दाजी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको हो।
सिगास गाउँपालिका -८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ।













